१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

शुक्रबारदेखि खुला कराते तथा किक बक्सिङ

काठमाडौं – मनमैजु स्पोर्टस क्लब र मैनमैजु डोजोको संयुक्त आयोजनामा असार ६ र ७ गते खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको चौथो संस्करण हुने भएको छ।

तारकेश्वर नगरपालिकाको मनमैजुमा हुने प्रतियोगितामा विभिन्न डोजो र विद्यालय गरि ५ सय ४० भन्दा धेरै खेलाडीले सहभागिता जनाउनेछन्। डोजोका ३ सय ५० र विद्यालयका १ सय ९० खेलाडीले २५ स्वर्ण, २५ रजत, र ५० कांस्य पदकका लागि चुनौती प्रस्तुत गर्नेछन्। प्रतियोगितामा पुरुषतर्पm १५, २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ केजी र खुला गरी १२ तौल समूहमा प्रतिस्पर्धा हुनेछन्।

महिलातर्फ १५, २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० केजी र खुला गरी ११ तौलसमूहमा प्रतिस्पर्धा हुनेछन्। कातामा पुरुष र महिला विधामा प्रतिस्पर्धा हुन्छ। प्रथम स्थान हासिल गर्नेले ५० हजार, दोस्रो स्थान हासिल गर्नेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। त्यसबाहेक उत्कृष्ट पुरुष र महिला, उदीयमान पुरुष र महिला खेलाडी तथा प्रतियोगिताको सर्वात्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा मनमैजु डोजो, त्रिलोक, रोयल ब्रन्चिली, इचङ्गुनारायण, तोयोकन वादोरियो, सोतोकन, नोबेल एकेडेमी, गोंगबु, टोखा, बालाजु, मनकामना, बुढानीलकण्ठ, नेपाल वादोरियो कराते संघ, नेपाल क्वान्मुक्वान कराते, बानेश्वर डोजो, आ.याम.ए कराते, सोतोकन कराते संघ, गुजोरियो कराते संघ, बौद्ध, सामाखुशी डोजो, मन्मनेश्वर डोजो, गोदावरी, भक्तपूर र सतुङ्गल डोजो गरि २६ टोलीको सहभागिता हुनेछ।

प्रकाशित: ६ असार २०७६ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App