२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

आज नेपाल र चाइनिज ताइपेइसँग भिड्दै

काठमाडाैं– नेपाली राष्ट्रिय फुटबल टोलीले आज बलियो प्रतिद्वन्दी चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दै छ।

यस अघिको खेलमा मलेसियासँग पराजित भएको नेपाल आजको खेलमा चाइनिज ताइपेइसँग ताइवानस्थित काओसिउङ रंगशालामा उत्रने छ। खेल नेपाली समय अनुसार साँझ ४ः४५ मा सुरु हुने छ।

नेपाली टोली विश्वकप छनोटको तयारीका लागि त्यहाँ पुगेको हो। नेपालले यसअघि मलेसियासँगको खेल २–० ले गुमाएको थियो। बलियो मानिएको चाइनिज ताइपेइ फिफा बरियतामा नेपाल भन्दा ३६ स्थान माथि रहेको छ। खेलको पूर्वसंध्यामा गरिएको पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले ताइपेइविरुद्ध खेल कठिन हुने बताउँदै यो खेल प्रतिस्पर्धात्मक बन्ने अपेक्षा रहेको बताए।

प्रकाशित: २३ जेष्ठ २०७६ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App