१ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

काल्र्सबर्ग र लिभरपुलको साझेदारी लम्बियो

काठमाडौं – काल्र्सबर्ग र लिभरपुल फुटबल क्लबको साझेदारी आगामी ५ वर्षका लागि लम्बिएको छ। काल्र्सबर्गले २०२३–२४ को अन्त्यसम्मको सिजनको लागि आफ्नो आधिकारिक पेय पदार्थ भूमिका सुरक्षित गरेको हो।

काल्र्सबर्गले लिभरपुलसँग गरेको यो सम्झौता प्रिमियर लिगको इतिहासमै सबैभन्दा लामो साझेदारी पनि हो। क्लबले लिभरपुलसँग सन् १९९२ बाट सुरुआत गरेको साझेदारी हालसम्म पनि जारी राखेको छ। लिभरपुलको विश्वव्यापी साझेदार भएको नाताले काल्र्सबर्गले विश्वभरिका प्रशंसकका साथ विश्वव्यापी र स्थानीय सहभागिता र इभेन्टको माध्यमबाट यस साझेदारीको सम्बन्धलाई निरन्तरता दिएको हो।

काल्र्सबर्गको चिफ कमर्सियल अफिसर जेसिका स्पेन्सले चर्चित क्लब लिभरपुलसँग जोडिन पाउनु निकै खुसीको कुरा भएको प्रतिक्रिया दिए। ‘काल्र्सबर्ग र लिभरपुलबीचको नाता ज्यादै प्रतिष्ठित छ, २७ वर्ष लामो समयसम्म यस विशाल परिवारको भाग हुन पाएकोमा हामी ज्यादै गौरवान्वित छौं,’  स्पेन्सले भने, ‘क्लबको भविष्यप्रति हामी ज्यादै उत्साहित छौं र यस साझेदारीले विश्वभरिका प्रशंसकहरुलाई उत्साह मिल्नेछ।’

यस्तै लिभरपुल फुटबल क्लबका प्रबन्ध निर्देशक र चिफ कमर्सियल अफिसर बिलिहोगनले काल्र्सबर्गसँग जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

प्रकाशित: १० जेष्ठ २०७६ ००:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App