१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

हावाहुरीका कारण प्रतिस्पर्धा बीचमै स्थगित

फोटो क्याप्सनः जारी भरतपुर गोल्डकपमा प्रतिस्पर्धा गर्दै झापा–११ र च्यासल युथ क्लब। तस्बिरः सविता/नागरिक

चितवन - नारायणगढको क्याम्पाचौरमा जारी सिएमएस भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल हावाहुरीका कारण बीचमा नै स्थगित भएको छ। आइतबार भएको झापा–११ र च्यासल युथ क्लब बीचको दोस्रो क्वार्टरफाइनल प्रतिस्पर्धा दोस्रो हाफपछि स्थगित भएको हो।

खेल स्थगित हुनुअघि झापाले २–१ गोलको अग्रता लिएको थियो। खेल सुरु भएको पहिलो मिनेटभित्रै झापा–११ ले गोल गर्न सफल भयो। झापाका सञ्जोग राइले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उनको प्रहार च्यासलका गोलकिपर दिनेश थापामगरले रोक्न सकेनन्।

खेल सुरु भएको केही समयमा नै हावाहुरीका कारण खेल प्रभावित भयो। खेल १७ मिनेट रोकिएपछि पुनः सुरु भएको थियो। हावाहुरीका कारण खेल रोकिएको समय थप पहिलो हाफमा थप गरिएको थियो। झापाका लागि थप गरिएको समय पनि  महŒवपूर्ण रह्यो। पहिलो हाफको खेलमा थप गरिएको चार मिनेटका समयमा झापाले थप गोल गर्न सफल भयो।
झापाका निशान लिम्बुले गोल गरेर दुई गोलको अग्रता दिलाए। तर, च्यासलका खेलाडी त्यो गोल फल भएको भन्दै विरोध गरे। सोही कारण विवाद भएपछि खेल १२ मिनेट प्रभावित भएको थियो। हावाहुरी र विवादका कारण ढिलाई खेल पूरा हुन सकेन। दोस्रो हाफको २६औं मिनेटमा खेल स्थगित भएको हो।

खेल स्थगित हुनुअघि च्यासलका खेलाडी सवि गुरुङले दोस्रो हाफको १९औं मिनेटमा गोल फर्काए। अध्यारो भएकाले समय अपुग हुँदा खेल स्थगित गरिएको प्रतियोगिताका संयोजक प्रकाश भुजेल बताउँछन्। प्रतिस्पर्धाको बाँकी खेल सोमबार विहान हुनेछ।

झापा–११ बाई पाएर एक चरण अघि आएको थियो। सोमबार साँझ संकटा क्लब र जावलाखेल युथ क्लब बीच सेमिफाइनलका लागि प्रतिस्पर्धा हुनेछ। एजे इन्टनेसनलको आयोजनामा भएको गोल्डकप प्रतियोगिता जेठ ४ गतेसम्म सञ्चालन हुनेछ।

झापाले च्यासलविरुद्ध २–१ गोलको अग्रता लिए पनि हावाहुरीका कारण दोस्रो हाफको २६औं मिनेटमा खेल स्थगित गरिएको थियो।

प्रकाशित: ३० वैशाख २०७६ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App