१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

जावलाखेललाई सिन्धु कप उपाधि

सिन्धुपाल्चोक – १० खेलाडीमा सीमित ललितपुरे टोली जावलाखेल युथ क्लबले शनिबार गोरखा ब्वाइजलाई २–० ले स्तब्ध बनाउँदै सिन्धुपाल्चोकमा सम्पन्न चौथो सिन्धु कप फुटबलको उपाधि जितेको छ।

सिन्धुपाल्चोकस्थित वसन्तपुरको मैदानमा सम्पन्न फाइनलमा जावलाखेललाई उपाधि दिलाउन विदेशी खेलाडी ड्यानियल बेजे एक्लैले दुई गोल गरेका थिए। निकै रोमाञ्चक बनेको खेलमा जावलाखेलले १८औं मिनेटमा सुरुआती गोल गरेका थिए। बेजले पेनाल्टी क्षेत्रभित्र विपक्षीका दुई रक्षकलाई बिट गर्दै पहिलो गोल गर्न सफल भएका थिए।

त्यसपछि खेलमा फर्किन संघर्षरत गोरखाले प्रयास गरे पनि असफल बन्यो। ३१औं मिनेटमा बल अगाडि बढाउने क्रममा जावलाखेलका आदामा डोम्बियाले खराब ट्याकल गर्दा रेफ्री रोजेन्द्र खड्गीले पहेंलो कार्ड देखाए लगत्तै प्रतिवादमा उत्रिएका उनले रातो कार्ड बेहोरे। त्यससँगै १० खेलाडीमा सीमित भए पनि जावलाखेलले उत्कृष्ट खेललाई निरन्तरता दिन सफल भएको थियो।

जावलाखेलले पहिलो हाफको लयलाई दोस्रो हाफमा पनि निरन्तता दिन सफल भयो। आक्रामक देखिएको गोरखाका खेलाडी अगाडि बढेको मौकामा बेजेले ६१औं मिनेटमा गोल गर्दै २–० को अग्रतामा पु¥याए। बाँकी समयमा गोरखाले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन। पछि परेको अवस्थामा आक्रामक देखिएको गोरखाका भरत शाहको हेडर प्रहार बल जावलाखेलका गोलकिपर अरुण तामाङले उत्कृष्ट बचाउ गरेका थिए।

खेलको अन्तिमतिर बेजेले हेडरमार्पmत ह्याट्रिक प्रयास गरे पनि गोरखाका गोलकिपरले विफल पारिदिए। उपाधि जितेको जावलाखेलले शुक्रबार सम्पन्न खेलमा आयोजक युथ स्पोटर््स क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो। जावालाखेलले उपाधिसँगै पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा गोरखाले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विधागत उत्कृष्टतर्पm मिडफिल्डरमा आयोजकका क्रिजल खड्का, स्ट्राइकरमा जावलाखेलका फोफाना फोडे, रक्षकमा जावालाखेलका गौतम श्रेष्ठ र गोलकिपरमा गोरखाका दिलीप क्षेत्री पुरस्कृत भए। उत्कृष्ट प्रशिक्षक आयोजक टोली युथ स्पोर्ट्स क्लबका सन्दीप खड्का घोषित भए। उत्कृष्ट सबैले समान ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। समापनको अवसरमा आयोजक युथ स्पोटर््स क्लबले नेपाललाई पदक दिलाउन सफल खेलाडीलाई समेत नगदसहित सम्मान ग-यो।

नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता म्याराथन धावक जितबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) मा लगातार चार पटक कीर्तिमानी स्वर्ण विजेता तेक्वान्दोका दीपक विष्ट, अघिल्लो वर्ष सम्पन्न १०औं विश्व शारिरिक सुगठनका स्वर्णधारी महेश्वर महर्जन, म्याराथन धाविका कान्छीमाया कोजु, राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरतबहादुर शाह र भलिबलकै राष्ट्रिय टोलीकी सदस्य कोपिला उप्रेती सम्मानित भए।

महेश्वरलाई १ लाख रुपैयाँ र अन्य सम्मानित खेलकर्मीलाई ५० हजार रुपैयाँसहित सम्मानित गरिएको थियो। राष्ट्रिय फुटबल टोलीका गोलरक्षक बिकेश कुथुलाई पनि २५ हजार रुपैयाँसहित आयोजकले सम्मान गरेको थियो।  आयोजकले एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठ, तेक्वान्दोका सक्षम कार्की, रोहिन्द्रविक्रम खड्का र शर्मिला खड्कालाई सम्मानपत्रद्वारा सम्मानित ग-यो।

प्रकाशित: २९ वैशाख २०७६ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App