२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

गोर्खा ब्वाइज सेमिफाइनलमा

काठमाडौं– ए डिभिजन क्लब फ्रेन्ड्सलाई पेनाल्टी सुटआउटमा ३– ० ले  पराजित गर्दै गोर्खा ब्वाइज क्लब रूपन्देही नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ।

सिन्धुपाल्चोकको लामोसाँघुमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि  खेलको छिनोफानो सीधै पेनाल्टी सुटआउटमा गरिएको हो।

पेनाल्टी सुटआउटमा रूपन्देहीका गोलरक्षक दिलीप छेत्रीले उत्कृष्ट प्रदर्शन गरे। उनले फ्रेन्ड्सको एक पेनाल्टी रोके भने एक पेनाल्टीमा गोल गरे।

रूपन्देहीका लागि रूपेश केसी, उत्तम गुरुङ र दिलीप क्षेत्रीले गोल गरे। फ्रेन्ड्सका फोफाना, संजोक महर्जन र विकास आलेले गोल गर्न सकेनन्। फोफानाको प्रहार दिलीप क्षेत्रीले रोकेका थिए। खेलको म्यान अफ दी म्याच रूपन्देहीका गोलरक्षक दिलीप क्षेत्री भए। उनले ५ हजार नगद प्राप्त गरे।
प्रतियोगिताको चौथो क्वार्टरफाइनलमा सोमबार एपिएफ र जिरी स्पोर्टस क्लब दोलखाबीच खेल हुनेछ।

 

प्रकाशित: २३ वैशाख २०७६ ०४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App