१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

करातेमा नेपाललाई २७ पदक

भैरहवा - भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराते  तथा किक बक्सिङ प्रतियोगितामा नेपाली खेलाडीले २७ पदक प्राप्त गरेका छन्। नेपाली टोली २० स्वर्ण, ६ रजत, १ कांस्य ल्याएर प्रतियोगिताको समूहविजेता बनेको हो। 

जापान गोजुरियो कराते डो मिसन संघका संस्थापक तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक केबी रानाको नेतृत्वमा खेलकुद प्रतियोगितामा सहभागी नेपाली टोलीले  भारत, बंगालदेश, भुटानलगायतका देशका खेलाडीलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। भारतको विहार राज्यको पटनास्थित पाटलीपुत्र स्पोटर््स स्टेडियममा बुधबार राति अबेर सम्पन्न प्रतियोगितामा नेपाली टोली समूहविजेता बन्दै विगतको इतिहास दोह¥याएको नेपाल कराते महासंघ प्रदेश ५ का अध्यक्ष भरतबहादुर केसीले बताए।

अल इन्डिया सितोरियो कराते डो एकेडेमीको आयोजना तथा कराते एसोसिएसन अफ इन्डियाको सहयोगमा आयोजित च्याम्पियनसिपमा नेपाल प्रथम, भारत द्वितीय र बंगलादेश तृतीय भए। प्रतियोगितामा नेपाली टोली २० स्वर्णसहित २७ पदक ल्याएर समूहविजेता भएको अल इन्डिया सितोरियो कराते डो एकेडेमीका अध्यक्ष राजु थापाले बताए।

च्याम्पियनसिपमा नेपाली खेलाडी रूपा रानाले काता र कुमितेतर्फ दुई स्वर्ण पदक प्राप्त गर्न सफल भइन् भने १९ वर्षमाथिको  उमेरसमूहतर्फ ५० केजी तौलसमूहमा  स्वर्ण पदक प्राप्त गरिन्। त्यस्तै सिनियरतर्फ सन्तु थारूले  ५५ , छिरिङ गुरुङले  ६५, दिलबहादुर बुढाथोकीले ७० केजी तौलसमूहको स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाए। 

१९ वर्षमुनिको जुनियरतर्फ सञ्जय चौधरीले ७० केजी तौलसमूहमा स्वर्ण पदक प्राप्त गरे। १७ वर्षमुनिको  उमेरसमूहमा शिवानी बस्नेत ५०,  डिबिन गुरुङ ५० , रोशन राना ६० र सुनील रावलले ५५ केजी तौलसमूहको प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गरे।

१४ वर्षमुनिको उमेरसमूहमा प्रियंका थापा, ५५ , इशा सारु ४०, शाहिल गुरुङ ३५, जीवन पुन ४० , मिलन श्रीस ४५, सरोज क्षत्रीले ५५ केजी तौलसमूहको प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गरे। यसै गरी १० वर्षमुनिको  उमेरसमूहमा अमीसा पोखरेल ३०, आदित्य क्षत्री २० ,डिबिन सेन ठकुरी २५ र गौरव पौडेलले ३० केजीले स्वर्ण पदक हासिल गरेको नेपाली टोलीका कोअर्डिनेटर गिरी पुनले बताए।

प्रकाशित: १३ वैशाख २०७६ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App