१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

आर्मी र एपिएफलाई एक–एक स्वर्ण

रुपन्देही - बुटवलमा जारी आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गतको लन टेनिसमा दुई स्वर्ण पदको टुङ्गो लागेको छ। देविनगरस्थित लनटेनिस कोर्टमा बिहीबार भएका टिम इभेन्टतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १/१ स्वर्ण हात पारेका छन्। टिम इभेन्टततर्फ महिलामा आर्मी र पुरुषमा एपिएफले स्वर्ण जितेका हुन्।

पुरुष टिम इभेन्टमा एपिएफले आर्मीलाई ३–० को सेटमा हराउँदै स्वर्ण जितेको छन। आर्मीले रजत पदकमा चित्त बुझाउँदा गण्डकी प्रदेश र एनआरएनए कांस्य पदकमै खुम्चियो। महिला टिम इभेन्टमा आर्मीले एपिएफलाई २–१ ले हराउँदै स्वर्ण जितेको हो। प्रदेश–३ र गण्डकी प्रदेशले कांस्य पदकमै चित्त बुझायो। पुरुष एकलमा भीष्म काउचाले सञ्जय श्रेष्ठलाई ७–५, ६–३, ७–६ ले र संरक्षकभुषण बज्राचार्यले दावासोनाम शेर्पालाई ६–३, ६–१ ले हराउँदै क्वाटरफाईनलमा प्रवेश गरे। नवीन मगरले इवेक जोशीलाई ६–१, ६–१ ले र संम्यकभुषण बज्राचार्यले निशान्त श्रेष्ठलाई ६–०, ६–० को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

महिला एकलमा पे्ररणा कोइरालाले एनी माथेमालाई ६–२, ६–२ ले र रायना शाहले श्रेया भट्टराईलाई ६–१, ६–१ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए। रुपन्देहीमा जारी टेनिसमा पुरुष र महिला गरि एकल, महिला र पुरुष युगल, मिक्स डबल्स, टिम इभेन्ट गरि सात वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भैरहेको छ। प्रतियोगिता बैशाख २ गतेसम्म चल्नेछ।
कुस्तीमा सुदूरलाई तीन स्वर्ण
सुदूर प्रदेशले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत कुस्तीमा तीन स्वर्ण पारेको छ। सुदूरका मनीषा सिंहले ५० केजी तौलसमूहमा स्वर्ण जित्दा आर्मीकी लक्ष्मी तामाङले रजत र प्रदेश–५ की सविता श्रेष्ठले कांस्य पदकमै चित्त बुझाइन्। ५३ केजीमा सिमाङ्गी दुवेले सुदूरले स्वर्ण दिलाउँदा आर्मीकी कोपिला थापामगरले रजत र प्रदेश–१ की राधाकुमारी खत्वेले कास्यं पदक जितिन्। ५५ केजी तौलमा पनि सुदूरले स्वर्ण जित्दा संगीता धामीले सफलता दिलाइन्। उक्त तौलमा प्रदेश–५ की सपना श्रेष्ठले रजत र प्रदेश–१ की अमृता लिम्बुले कां जित्न सफल भए।

५७ केजी र ५९ केजीमा भने सेनाले बाजी मा¥यो। ५७ केजीमा आर्मीकी कल्पना बिकले स्वर्ण जित्दा सुदूरकी अम्बिका भण्डारी रजत र प्रदेश–५ की श्रृजना चन्द कांस्य पदकमै खुम्चिन्। ५९ केजीमा आर्मीकी कविता पुनले स्वर्ण जितिन्।
टेबलटेनिसमा प्रहरीलाई दुई स्वर्ण आठौंअन्तर्गत टेबलटेनिसको दोस्रो दिन प्रहरीले दुई स्वर्ण जितेको छ। प्रहरीले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पा¥यो।
दाङको घोराही कभर्डहलमा भइरहेको प्रतियोगिताको टिम इभेन्टमा प्रहरीले अर्को विभागीय टोली एपिएफलाई ३–१ को सेटमा पराजित ग¥यो। प्रहरीकी एलिना महर्जनले एपिएफकी सेलिशा खड्गीलाई ३–१ ले पराजित गरिन्। दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविताले एपिएफका अनिता महर्जनलाई ३–० तथा सेलिशा खड्गीलाई ३–१ ले हराइन्।

एक सिंगल्समा भने एपिएफकी सिक्का सुवालले प्रहरीकी मञ्जु सुवालमाथि ३–१ को जित दर्ता गरिन्। आर्मी र प्रदेश–३ संयुक्त रूपमा तेस्रो भएका छन्। महिला डबल्सको फाइनलमा भाउजु नविता र नन्द एलिनाको जोडीले आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–८ को सोझो सेटमा पाखा लगाए। प्रदेश–५ का गीता अर्याल र अमृता थापा तथा एपिएफका सेलिशा खड्गी र सिक्का सुवालको जोडी तेस्रो स्थानमै खुम्चिएका छन्।
स्क्वास: भावना र कृष्णाको दोहोरो जित
ललितपुर। आठौंअन्तर्गत स्क्वासको महिला सिंगल्सको राउन्ड रोविन लिगमा प्रदेश–३ की भावना सुनुवार र गण्डकीकी कृष्णा थापाले बिहीबार दोहोरो जित हात पारेका छन्। प्रदेश–५ बाहिर भएका खेलमध्ये ललितपुरमा सञ्चालित स्क्वासमा भावनाले गण्डकीकी सालिनी घिमिरेलाई ११–२, ११–० र ११–१ तथा प्रदेश–३ की स्वास्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ को सोझो सेटमा पराजित गरिन्। कृष्णाले आफ्नै प्रदेशकी सालिनीलाई ११–२, ११–० र ११–१ तथा प्रदेश–३ की मञ्जिला मगरलाई ११–३, ११–२ र ११–३ को सीधा सेटमा हराइन्।

प्रदेश–३ की विपना ब्लोनले आफ्नै प्रदेशकी मञ्जिलालाई ११–१, ११–४ र ११–४ को सोझो सेटमा पन्छाइन्। पुरुष सिंगल्समा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा प्रदेश–३ का राजेन्द्र शाक्यले त्यसै प्रदेशका प्रवीणवीर सिंह कंशाकार तथा प्रदेश–२ का दीपक थापाले गण्डकीका अमृत थापामगरविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

बास्केटबल ः विभागीय टिमको जित
दाङ। आठौंअन्तर्गत पुरुष बास्केटबलमा तीनै विभागीय टिम (प्रहरी, एपिएफ, आर्मी) ले बिहीबार विजयी सुरुआत गरेका छन्। घोराहीको सालघारीमा भइरहेको प्रतियोगितामा प्रहरीले कर्णाली प्रदेशलाई ९३–२९, एपिएफले प्रदेश–५ लाई ७४–४० र आर्मीले गण्डकी प्रदेशलाई ७८–३६ ले पराजित गरे। अर्को खेलमा सुदूर प्रदेशले प्रदेश–२ लाई ६५–२१ ले हरायो।

 

 

प्रकाशित: २९ चैत्र २०७५ ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App