११ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

बोस्टन म्याराथनमा धर्म

वैकुण्ठ मानन्धर र धर्म महर्जन (दायाँ) तस्बिर : नागरिक

काठमाडौं– कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धरको प्रशिक्षणमा रहेका धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

बोस्टनमा हुने फुल म्याराथनको ४५ वर्षमाथि उमेरसमूहमा धर्मले नेपालको प्रतिनिधित्व गर्न लागेका हुन्। उनीसंँगै प्रशिक्षकका रूपमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर पनि बोस्टन जानेछन्।
उनीहरूलाई डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ र गायक बुद्धवीर लामाले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे। टोली मंगलबारै बोस्टन प्रस्थान गरेको छ। बोस्टन म्याराथन विश्वकै पुरानो म्याराथन मानिन्छ। अहिले हुन लागेको म्याराथन १२३औं संस्करण हो। बोस्टन म्याराथन वैशाख २ गते हुनेछ।

 

प्रकाशित: २० चैत्र २०७५ ०५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App