१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

काठमाडौं गोल्डेन्सलाई जितका लागि १३३ रनको चुनौती

काठमाडाैं – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको पहिलो  खेलमा धनगढी स्टार्सले जितका लागि काठमाडौं गोल्डेन्ससामु  १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। धनगढी स्टार्सले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १३२ रन बनाएको हो।

धनगढी स्टार्सका लागि अमित श्रेष्ठले ५० बल खेल्दै ५० रनको अर्धशतकिय पारि खेले। त्यस्तै सन्दीप रजालीले ३५ बलको सामना गर्दै २८ रन, पवन सर्राफ १९ बल खेल्दै धनगढीका लागि १८ रनको योग्दान गरे। सुनिल धमलाले ३ रन जोडे भने, सौरभ खनालले धनगढीका लागि आक्रामक पारि खेले उनले १० बलमा २५ रन बनाए।

काठमाडौं गोल्डेन्सका लागि नन्दन यादबले २, ललित राजबंशी १, अंकित दबासले १ विकेट लिए। काठमाडौं गोल्डेन्स जवाफी ब्याटिङ गरिरहेको छ।

प्रकाशित: २८ माघ २०७५ ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App