काठमाडौं– क्रिष्टियानो रोनाल्डोको एक मात्र निर्णायक गोलमा युभेन्टसले इटालियन सुपर कप फुटबलकाे उपाधि जितेको छ।
साउदी अरेबियाको जेद्दास्थित किङ्ग अब्दुल्लाह स्पोर्टस सिटीमा बुधवार राती सम्पन्न खेलमा एसी मिलानलाई १–० ले हराउँदै युभेन्टसले आठौं पटक कोपा इटालिएनाको उपाधि उचालेको हो।
खेलमा रोनाल्डोले ६१ औं मिनेटमा मिरालीम जानीकको पासमा गोल गरेका थिए। रोनाल्डोको एक मात्र गोलले सातपटकको विजेता एसी मिलान पराजित हुन पुग्यो। खेलको ७४ औं मिनेटमा फ्रान्कले रातो कार्ड खाएपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो।
जितसँगै युभेन्टसले सुपरकोपा इटालिएनामा सबैभन्दा धेरै उपाधि जित्ने क्लबको रेकर्ड बनाएको छ। रियल मड्रिड छोडेका रोनाल्डोले यस सिजनमा हालसम्म युभेन्टसका लागि १६ गोल गरेका छन्।
प्रकाशित: ३ माघ २०७५ ०४:५५ बिहीबार