१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ला लिगा : रियाल एइबरसँग स्तब्ध

मड्रिड – एइबरसँग स्तब्ध भएसँगै रियाल मड्रिडले स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। ला लिगाअन्तर्गत शनिबार भएको खेलमा एइबरले रियाललाई ३–० ले निराश पारेको थियो।

१६ मिनेटमा गोन्जालो स्क्लान्टेले गरेको गोलमा रियालले अग्रता लिएको थियो । दोस्रो हाफमा ५ मिनेटको अन्तरमा २ गोल थप्दै एइबरले जित पक्का गरेको थियो।

५२औं मिनेटमा सेर्गी इन्रिचले गोल गर्दै एइबरको अग्रता दोब्बर पारेका थिए। त्यसको ५ मिनेटपछि केकीले गोल गर्दै एइबरको अग्रता बढाएका थिए।

यस हारपछि १३ खेलमा २० अंक जोडेको रियाल छैटौं स्थानमा छ भने समान खेलमा १८ अंक जोडेको एइबर साताैं स्थानमा छ।

प्रकाशित: ९ मंसिर २०७५ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App