२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

ओलम्पिक फुटबल छनोट : नेपाल र भारतको बराबरी

तस्बिर : म्यानमार फुटबल संघ

काठमाडौं – ओलम्पिकको एशियाली महिला फुटबल छनोट खेलमा नेपालले भारतसँग १–१ गोलको बरावरी खेल्दै अंक बाँडेको छ। म्यानमारको यांगुनमा आज भएको पहिलो खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो। 

नेपालका लागि खेलको ११ औं मिनेटमा निरु थापाले गोल प्रहार गरेकी थिइन। उता भारतकी कमला देवीले ३७ औँ मिनेटमा गोल प्रहार गर्दै खेललाई बराबरीमा ल्याइन्। 

नेपालले अर्को खेल आइतबार म्यानमार र २७ गते बंगलादेशसँग खेल्नेछ। ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। समूह ’ए’ र ’बी’ मा पाँच/पाँच राष्ट्र रहेका छन् भने समूह ’सी’ र ’डी’ मा चार/चार टोली छन्। 

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन्। तेस्रो हुने समेत दोस्रो चरण पुग्नेछ। ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन्।

प्रकाशित: २२ कार्तिक २०७५ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App