काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन्। मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।
थापाले पहिलो पटक नेपाली टोलीको कप्तानी समाल्ने अवसर प्राप्त गरेकी हुन्। थापाले घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी छिन्। यसअघि नेपाली महिला टोलीको नेतृत्व रेनुका नगरकोटीले गर्दै आएकी थिइन्।
ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले टोलीको नेतृत्व परिवर्तन गरेको हो। चीन भ्रमणमा निस्केको नेपाली टोलीले त्यहाँ तीन मैत्रिपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपाली टोली चीनबाट म्यानमार प्रस्थान गर्नेछ।
प्रकाशित: ९ कार्तिक २०७५ ०९:३२ शुक्रबार