२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

च्याम्पियन्स लिगः रियललाई राहत, पाँच खेलमा पहिलो जित

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न समूह ‘जी’ को खेलमा रियल मड्रिडले भिक्टोरिया प्लाजेनलाई २–१ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जीमा र मार्सेलोले गोल गरेका थिए।

खेलको ११ औं मिनेटमा बेन्जीमाको गोलमार्फत रियलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले ५५ औं मिनेटमा अर्को गोल थप्यो। ग्यारेथ बेलको पासमा मार्सेलोले गोल गर्न सफल भएका थिए।

७८ औं मिनेटमा भिक्टोरिया प्लाजेनका प्याट्रिकले एक गोल फर्काएपनि हार टार्न सकेनन्। यो जितले रियललाई ठूलो राहत मिलेको छ। ला लिगामा ७ औं स्थानमा रहेको रियलले पाँच खेलपछि पहिलो जित निकालेको हो।

जितसँगै रियल मड्रिड समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ। ३ खेलबाट १ अंक जोडेको प्लाजेन पुछारमा छ। सोही समूहको अर्को खेलमा रोमाले सिएसके मस्कोलाई ३–० ले हराएको छ। जितसँगै रोमा दोस्रो र मस्को तेस्रो स्थानमा छ।

प्रकाशित: ७ कार्तिक २०७५ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App