९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

सेमिफाइनल समीकरण पूरा

न्यु डायमन्डविरुद्ध सट प्रहार गर्दै चितवनकी खेलाडी । तस्बिर सौजन्यः राखेप

कठमाडौं – आधीआवादी एनभिए महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा एपिएफले न्यु डायमन्ड क्लबसँग खेल्ने तय भएको छ। 

प्रतियोगितामा सहभागी ६ टिममध्ये पोखरा पिंकेज र त्रिभुवन आर्मी क्लब भने बाहिरिएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा चितवन टाइगर्सले न्यु डायमन्डलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा हराएको छ । पहिलो सेट २५–१९ ले गुमाएको न्यु डायमन्डले दोस्रो सेट भने २७–२९ ले आफ्नो पक्षमा थियो । तेस्रो सेटमा चितवन २५–१९ को नतिजा निकाल्न सफल भयो । चौथो सेटमा चितवनलाई कडा टक्कर दिँदै न्यु डायमन्डले २६ अंकसम्म पुर्याएको थियो । तर चितवन २८–२६ ले विजयी हुँदै समूह ‘ए’ को विजेता बन्न सफल भयो।

न्यु डायमन्ड भने समूहको उपविजेता बन्यो । अब न्यु डायमन्डले समूह ‘बी’ को विजेता एपिएफसँग खेल्नेछ । एपिएफले पोखरा पिंकेजलाई ३–० कै सोझो सेटमा हरायो । पहिलो सेटमा २५–१३ को जित निकालेको एपिएफले पछिल्लो दुई सेट २५–११ र २५–१५ ले जित्यो । भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशिको एभिएल विजेताले ६ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले  ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन्।

प्रकाशित: १६ आश्विन २०७५ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App