२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ललितपुरमा टेनिस जारी

ललितपुर – ललितपुरमा जारी वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलको सेमिफाइनल समीकरण पूरा भएको छ।

आइतबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको क्वार्टरफाइनल खेल जित्दै मायंका राणा, प्रेरणा कोइराला, अभिलाषा विष्ट र माहिका राणा अन्तिम चारमा पुगेका हुन् । मायंकाले अश्लेशा लिसानेभिचलाई ६–२, ६–२ ले हराएकी थिइन् । अन्य खेलमा कोइरालाले प्रकृति श्रेष्ठलाई ६–०, ६–१ ले र माहिकाले एनी माथेमालाई ७–६ र ६–१ ले पराजित गरे । अभिलाषा भने आइरा रावत रिटायर्ड हर्ट भएपछि अन्तिम चारमा पुगिन् । तर खेलमा अभिलाषाले ७–६, ४–२ ले अग्रता लिएकी थिइन्।

पुरुष सिंगल्सतर्फ निक रासट्रपले प्रणव खनाललाई १–६, ६–३, ६–२ ले, निशान श्रेष्ठले सुब्रत बस्नेतलाई ७–६, ७–५ ले, प्रदीप खड्काले इभानहोइ लिसानेभिचलाई ६–२, ६–३ ले, कमल भण्डारीले भीष्मजंग गुरुङलाई ६–१, ६–० ले, महेश श्रेष्ठले निम वान राईलाई ६–०, ६–० ले र सन्तोष खत्रीले विजय महर्जनलाई ६–०, ६–१ ले हराएका थिए । नवीन मगरविरुद्ध इन्द्रबहादुर शाहले र जितेन्द्र परियारविरुद्ध मुक्तिसेन गुरुङले वाकओभर दिएका थिए।

यसै गरी पुरुष डबल्सतर्फ सन्तोष खत्री र जितेन्द्र परियारको जोडीले सुव्रत बस्नेत र मुक्तिसेन गुरुङको जोडीलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित ग-यो । अन्य क्वार्टरफाइनल खेलमा महेश श्रेष्ठ र मनोज राणाले आत्माराम कार्की र चेवाङ लामाको जोडीलाई, प्रदीप खडका र नवीन पुनले रोहित सुनवार र राजु श्रेष्ठको जोडीलाई तथा कमल भण्डारी र प्रणव खनालको जोडीले इभानहोइ लिसानेभिच र सम्यकभूषण वज्राचार्यको जोडीलाई हराएका थिए।

प्रकाशित: ८ आश्विन २०७५ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App