१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको पहिलो खेल फिलिपिन्ससँग

काठमाडौैं – नेपालले बुधबार फिलिपिन्ससँग खेल्दै एएफसी यु–१६ वुमेन्स च्याम्पियनसिप छनोट चरणको थालनी गर्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबारबाट सुरु हुने  एएफसी यु–१६ वुमेन्स च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूह ‘ई’ का खेलहरूको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

नेपालले दोस्रो खेलमा शुक्रबार म्यानमार र अन्तिम खेलमा आइतबार मलेसियाको सामना गर्नेछ । यसै समूहमा रहेको सिरियाले भने प्राविधिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको  थियो।

एसियाली फुटबल महासंघ (एएफसी) ले विभिन्न ३० एसियाली राष्ट्रलाई ६ समूहमा विभाजन गर्दै प्रतियोगिताको आयोजना गरेको हो । जसअन्तर्गत प्रत्येक समूहमा ५ टोली हुनेछन् । प्रत्येक समूहको शीर्ष दुई स्थानमा बस्ने टोली २०१९मा थाइल्यान्डमा हुने यु–१६ वुमेन्स च्याम्पियनसिपको अन्तिम चरणको खेलका लागि छनोट हुनेछन्। 

२०१७ को एएफसी वुमेन्स च्याम्पियनसिपको शीर्ष तीन स्थान हात पार्ने उत्तर कोरिया, दक्षिण कोरिया र जापानले भने यसअघि नै अन्तिम चरणमा स्थान पक्का गरिसकेका छन्।

 

प्रकाशित: २ आश्विन २०७५ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App