२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

नेपालद्वारा अफगानिस्तान २५ रनले पराजित

काठमाडाैं - यु–१९ क्रिकेट श्रृङ्खलामा नेपालले टेष्ट मान्यता प्राप्त अफगानिस्तानलाई २५ रनले पराजित गरेको छ। भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट श्रृङ्खलाको अन्तिम खेलमा जितका लागि १ सय ९० रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई ४७ दशमलव ४ ओभरमा १ सय ६४ रनको योगफलमा अलआउट  गर्दै  नेपालले श्रृङ्खलाको अन्तिम खेलमा सान्त्वना जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अफगानिस्तालाई जितका लागि १ सय ९० रनको लक्ष्य दिएको थियो। भारत विरुद्धको खेलमा नचलेको नेपालको ब्याटिङ अफगानिस्तान विरुद्धको खेलमा समेत खासै चल्न सकेन। ४९ दशमलव ३ ओभरमा आफ्ना सम्पूर्ण विकेट गुमाउँदै नेपाल १ सय ८९ रनको स्कोरमा खुम्चिन पुग्यो। ७ रनको स्कोरमा महत्वपूर्ण ३ विकेट गुमाएको नेपालको इनिङ सम्हाल्ने क्रममा नेपालका पवन सर्राफले अविजीत रहँदै सर्वाधिक ७८ रन जोडे। पवनले ९६ बलको सामना गर्दै १० चौका र १ छक्काको मद्दतमा ७८ रन जोडेका थिए। यस्तै सन्दिप जोराले २८ तथा रासिद खानले २४ रन जोड्नु वाहेक अन्य खेलाडीले उल्लेखनिय प्रदर्शन गर्न सकेनन्।  नेपालका ६ खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। नेपाललाई सस्तैमा समेट्ने क्रममा नाविद कबिरले ३ तथा अविद मोहम्मदी र अरिफ खान दौलतजाइले समान २/२ विकेट लिए।

पहिलो जितको खोजिमा १ सय ९० रनको लक्ष्य पछ्याएको अफगानिस्तानका ब्याट्सम्यान नेपाली बलर सामु खुलेर खेल्न सकेनन्। सामान्य लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको टोली ४७ दशमलव ४ ओभरमा १ सय ६४ रनको  स्कोरमा अल आउट भयो। अफगानिस्ताका लागि कप्तान इजाज मेहरानले सर्वाधिक ५७ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा अफगानिस्तानले श्रृङ्खला अन्तर्गत खेलेका तिनवटै खेलमा हार व्यहोर्न बाध्य भयो। नेपालका तर्फबाट उत्कृष्ट बलिङ गर्ने क्रममा सागर ढकालले सर्वाधिक ४ विकेट लिए। यस्तै कमल सिंह ऐरी र रासिद खानले समान २/२ विकेट लिए।प्रतियोगितामा भारतको यु–१९ का २ टोली सहित अफ्गानिस्तान र नेपाली टोलीको सहभागिता रहेको छ। यसअघि नेपाली टोली भारतको दुवै टोलीसँग पराजित भएको थियो भने अफगानिस्तान तिनवटै खेलमा पराजित भएको छ।

 

प्रकाशित: ३१ भाद्र २०७५ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App