१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ला लिगाः रियल मड्रिडको उत्कृष्ट लय यथावत्, लेगानेस ४–१ ले स्तब्ध

काठमाडौं – करिम बेन्जेमाको २ तथा ग्यारेथ बेल र कप्तान सर्जियो रामोसको एक–एक गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लेगानेसलाई ४–१ ले हराएको छ। योसँगै रियलले तेस्रो खेलसम्म अपराजित यात्रा काममै राखेको छ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलका लागि १७ औं मिनेटमा बेल, ४८ र ६१ औं मिनेटमा बेन्जेमा र ६६ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गरे।

लेगानेसका  बेलले खेलको २४ औं मिनेटमा कारीलोले पेनाल्टीमार्फत एक गोल फर्काए। जितपछि शीर्ष स्थानको रियालले ३ खेलबाट ९ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको सेल्टा डी भिगोको सात तथा बार्सिलोनाको दुई खेलबाट ६ अंक छ।

 

प्रकाशित: १७ भाद्र २०७५ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App