१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल पेनाल्टीमा असफल

भुटानी खेलाडीसँग बलका लागि प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी (रातो) । तस्बिरः एजेन्सी

काठमाडौं – नेपालले साफ यु–१५ महिला फुटबलको चौथो स्थानमा बस्दै प्रतियोगिताको अन्त्य गरेको छ। शबिार चाम्लिङथाङ रंगशालामा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले आयोजक भुटानलाई पेनाल्टी सुटआउटमा ४–३ को नतिजा सुम्पिएको हो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो।

पेनाल्टी सुटआउटमा नेपालकी सलोनी मगर, सरस्वती हमाल र प्रीति राईको प्रहारले जाली चुम्दा चन्द्रा भण्डारी र सविता रानामगरको प्रहारले भने जाली चुम्न सकेन । नेपालकी सविताको  पहिलो पेनाल्टी प्रहार भुटानकी गोलकिपरले विफल पारेकी थिइन्।

भुटानका छिरिङ याङचेन, यासी विधा, छिरिङ लादन र सोनाम ल्यामो गोल गर्न सफल भए ।  सेरज पेल्मोे पाँचौं पेनाल्टी प्रहारमा चुकेपछि नेपालले खेल ४–४ को बराबरीमा ल्याउने संकेत गरेको थियो । तर नेपालकी चन्द्रा अन्तिम पेनाल्टी प्रहारमा गोल गर्न चुक्दा भुटानले ४–३ को नतिजाका साथ तेस्रो स्थान पक्का गर्याे । यसअघि खेलको दोस्रो मिनेटमा डेकी याङननले गरेको गोलमा भुटानले अग्रता लिएको थियो।

दोस्रो हाफको सुरुआतमै चन्द्राले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । ५५औं मिनेटमा चन्द्राले गरेको व्यक्तिगत दोस्रो गोलमा नेपालले अग्रता लिएको थियो । तर त्यसको ११ मिनेटपछि यासी विधाले गोल गर्दा भुटान खेलमा फर्किएको थियो।

पहिलो  खेलमा पाकिस्तानलाई ४–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा बंगलादेशसँग ३–० ले पराजित भए पनि समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । तर नेपाल सेमिफाइनलमा भारतसँग २–१ ले पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको भुटान दोस्रो खेलमा भारतसँग १–० ले पराजित भए पनि समूह ‘बी’ को विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गरेको थियो । भुटानले सेमिफाइनलमा बंगलादेशलाई नतिजा सुम्पिएको थियो।

२०१७ मा बंगलादेशमा भएको साफ यु–१५ महिला फुटबलको पहिलो संस्करणमा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ टोलीले मात्र सहभागिता जनाएका थिए । राउन्ड रोबिन लिग प्रणालीमा भएको प्रतियोगितामा नेपालले १ जित  र २ हारका साथ तेस्रो स्थानमा चित्त बुझाएको थियो। 

यस पटक दुई नयाँ टोली पाकिस्तान र श्रीलंकासमेत सहभागी भएपछि सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूहका शीर्ष दुई टोली सेफाइनल प्रवेश गरेका थिए।

प्रकाशित: ३ भाद्र २०७५ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App