१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप फुटबल : फ्रान्स र डेनमार्कको पहिलो हाफ बराबरीमा

रूस – रूसमा जारी विश्वकप फुटबलमा समूह ‘सी’ मा रहेका फ्रान्स र डेनमार्कको खेल जारी छ। समूह चरण पहिलो राउन्ड अन्तर्गत लुज्निकी रंगशाला मस्कोमा भइरहेकोे खेलको पहिलो हाप सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन्।

पहिलो हाफमा ७१ प्रतिशत बल आफ्नो पक्षमा राखेपनि डेनमार्कविरुद्ध फ्रान्सले गोल गर्न सकेन्। दुवै टोलीले पाएका केहि अवसर सदुपयोग गर्न असमर्थ रहे। डेनमार्क भन्दा बलियो देखिएको फ्रान्सका एन्टोनियो ग्रिजम्यान, ओलिभर गिरोउड, डेम्बेले र एन्गोलो कान्टेले पहिलो हाफमा गोल गर्न सकेनन्।

फ्रान्स यसअघिनै विश्वकपको अन्तिम १६ मा प्रवेश गरिसकेको छ। डेनमार्कलाई पराजित गरे वा बराबरी गरे फ्रान्स समूह ‘सी’ को विजेता बन्नेछ। तर फ्रान्सलाई पराजित गरे डेनमार्क समूह विजेता बन्नेछ।

फ्रान्सले उद्घाटन खेलमा अष्ट्रेलियालाई २–१ तथा दोस्रो खेलमा पेरूलाई १–० ले पराजित गरेको थियो। यता डेनमार्कले उद्घाटन खेलमा पेरूलाई १–० पराजित गरेको थियो भने दोस्रो खेलमा अष्ट्रेलियासँग १–१ को बराबरी खेलेको थियो। 

 

प्रकाशित: १२ असार २०७५ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App