१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सूचना सार्वजनिक गर

लिड्स – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अल जजिरालाई विश्व क्रिकेटमा भएको अनियमितता र खेलमिलेमतोसम्बन्धी सम्पूर्ण सामग्री सार्वजनिक गर्न आग्रह गरेको छ।

अल जजिराले आइतबार श्रीलंकाका क्रिकेट अधिकारी र खेलाडीहरू खेलमिलेमतोमा संलग्न भएको एक वृत्तचित्र सार्वजनिक गर्दै विश्व क्रिकेटमा भएका अन्य अनियमितताका घटनाको आफूहरूसँग यथेष्ट प्रमाण भएको बताएको थियो।

आइसिसीले शुक्रबार क्रिकेट खेलमा भएका अनियमितता र खेलमिलेमतोका बारेमा अनुसन्धान गर्न प्रमाणहरू चाहिने भन्दै अल जजिरालाई उनीहरूसँग भएका सूचना र भिडियो फुटेज सार्वजनिक गर्न आग्रह गरेको हो।

‘मैले अल जजिरालाई क्रिकेट खेलमा भएका खेलमिलेमतो र अनियमितताका बारेमा उनीहरूसँग भएका सूचना र भिडियो फुटेज सार्वजनिक गर्न आग्रह गरेको छु,’ आइसिसी प्रमुख कार्यकारी अधिकृत डेभिड रिचार्डसनले भने, ‘हामी उनीहरूले उपलब्ध गराएका सूचनाको अनुसन्धान गर्दै क्रिकेट खेलमा भएका अनियमिततालाई सधंैका लागि हटाउन चाहन्छाैं र यो उनीहरूको सहयोगबिना सम्भव छैन।’

‘हामीलाई सार्वजनिक रूपमै अल जजिराको सहयोग लिन सुझाव आइरहेका छन्,’ रिचार्डसनले थपे, ‘तर हामीलाई उनीहरूले आफूसँग भएको भनिएका प्रमाण तथा उनीहरूले लगाएका आरोप सत्य हुन् वा होइनन् भन्ने अध्ययन गर्न आवश्यक छ।’

यता अल जजिराका प्रवक्ताले तत्कालै आइसिसीसँग छलफल गर्नु अपिरिपक्व हुने प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App