२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

‘व्यक्तिभन्दा एजेन्डा ठूलो’

एन्फा अध्यक्षका रुपमा पहिलो काम के गर्नुहुन्छ ?
– पहिलो त हामीले बोलेअनुसार लिगको घोषणा गर्ने काम गर्छौ । विभिन्न समिति बनाउनुछ । त्यो काम गर्छौ । आर्थिक नियमावली र विभिन्न कार्यविधि बनाउनुछ । त्यो काम तुरुन्तै गर्छौ । साथमा ग्रासरुटको कार्यक्रम घोषणा गर्छौ।

विवादका बीच नेतृत्व लिनुभएको छ । विपक्षीलाई कसरी समेट्ने योजना बनाउनुभएको छ ?
– फुटबल विकासमा धेरै काम गर्नुपर्छ । त्यसका लागि कार्यक्रमहरु बनाउछौं । कार्यक्रम कार्यान्वयन गर्न धेरै मानिस चाहिन्छ । राम्रो काम गर्न सबै एक हुनैपर्छ । तिनै कार्यक्रमले सबैलाई समेट्छ । यो देशमा फुटबल विकसा गर्नुपर्यो । मुख्य मुद्धा त्यही हो । त्यो गर्दै जाँदा सबै समेटिन्छन्।

आन्दोलनमा रहँदा तपाईले उठाउनुभएका भ्रष्टाचारविरोधी मुद्धा अब के हुन्छन ?
– त्यो मुद्धा सम्बोधन भइसकेको छ । अब पुरानो कुरा उठाएर पछाडि फर्किनुभन्दा पनि अगाडि बढ्ने काम गर्छौ।

सम्बोधन भन्नाले ?
– हामीले उठाएको मुद्धामा फिफाले कार्वाही गरिसकेको छ । अख्तियारले निर्णय गरिसकेको छ । थप कुरा भए हामी आफैले सुद्धिकरण गर्ने हो । किनकी हामीले भ्रष्टाचारमुक्त एन्फा बनाउने भनेका छौं।

आर्थिक पारदर्सिता र सुसासनको कुरा गर्नुभएको थियो । कसरी सुरु गर्नुहुन्छ ?
– सुरुआत भनेको आर्थिक नियमावली बनाउँछौं । त्यहाँ खर्च गर्ने तरिका उल्लेख हुन्छ । त्यसपछि आर्थिक गतिविधि सिस्टममा जान्छ । आएको पैसा र खर्च सबैलाई थाहा हुने गरी देखाउनेछौं । त्यसपछि फुटबलको कार्यक्रमलाई धमाधम कार्यक्रम घोषणा र कार्यान्वयन गर्नुपर्यो । दीर्घकालिन र अल्पकालिन कार्यक्रम बनाउँछांै । जसले खेलाडी, प्रशिक्षकलाई रोजगारी दिन्छ । सुसासन भनेको त्यही हो।

परिवर्तन तपाईहरुको मुख्य नारा थियो । त्यसको अनुभुति कहिलेबाट फुटबलकर्मीले गर्न पाउँछन् ?
– परिवर्तनको अनुभुति सोमबार कार्यसमितिको वैठक राखेपछि हुन थाल्छ । वैठकपछि हामी पत्रकार सम्मेलन गरेरै फुटबल विकासका दीर्घकालिन र अल्पकालिन योजनाहरु सार्वजनिक गर्नेछौं।

परिवर्तनको कुरा गर्दा सबै पुरानै अनुहार लिएर हिड्नुभएको छ । पुरानै अनुहारबाट परिवर्तन सम्भव होला ?
– आज मलाई धेरै पत्रकारले यही कुरा सोध्यो । खासमा हामी एजेन्डाको विषयमा कुरा गरिरहेका छौं । व्यक्ति जहिले पनि एजेन्डाको अगाडि गौड हुन्छ । नेपाली राजनीतिकै कुरा गर्ने हो भने पञ्चायत कालमा त्यही मानिस थियो । २०४६ को परिवर्तनमा पनि त्यही मानिस थियो।

२०६३ को परिवर्तनमा पनि मानिस फेरिएका होइनन । एजेन्डा फेरिएका हुन् । मानिस एजेन्डामा इन्भल्भ हुने हो । हामी पनि परिवर्तनको एजेन्डामा एक ठाउँमा छौं । अब हामीसामू त्यसलाई कार्यान्वयन गर्ने बाहेकको विकल्प छैन । सामूहिक निर्णयमा परिवर्तनको एजेन्डा कार्यान्वयन गर्नेछौं।

प्रकाशित: २३ वैशाख २०७५ ०४:३६ आइतबार

व्यक्तिभन्दा एजेन्डा