१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली महिला टोली घोषणा

साफ महिला यू–२० च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोली सार्वजनिक गरेको हो। आगामी जुलाई ११ देखि २२ सम्म चल्ने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्नेछ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र भुटान गरी चार राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले गत साता सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी भुटान पाएको छ।

प्रकाशित: ९ असार २०८२ १६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App