१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

अष्ट्रेलियाली टिममा ल्याङगर

सिड्नी – अस्ट्रेलियाली क्रिकेट टोलीको तीनै संरचनामा प्रशिक्षणको जिम्मेवारी पाएका जस्टिन ल्याङगरले बिहीबार बल टेम्परिङको घटनापछि संकटमा परेको टोलीलाई पुनः जितको लयमा फर्काउने बताएका छन्।

टेष्ट टोलीका पूर्व ओपनर ४७ वर्षे ल्याङगरले मे २२ बाट लागु हुने गरी ४ वर्षका लागि अष्टे«लियाली टोलीको नेतृत्व गर्नेछन्। यो अवधिमा अस्ट्रेलियाली क्रिकेट टोलीले दुई एसेज शृंखला, एउटा एकदिवसीय विश्वकप र एक ट्वान्टी–२० विश्वकप खेल्नेछ।

उनले अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर प्रतिबन्धमा परेपछि टोलीलाई पुरानै शैलीलमा फर्काउने जिम्मेवारीसहित नेतृत्व लिएका हुन्।

‘अस्ट्रेलियाली टोलीबाट धेरै अपेक्षा गरिएको छ। हामीमाथि बल टेम्पिरिङको घटनापछि राष्ट्रिय टोलीलाई लागेको दाग मेटाउन सके स्वभाविक लयमा फर्किने अपेक्षा लिएको छ।’ ल्यान्गरले भने, क्रिकेट अस्ट्रेलिया (सिए) ले दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्ट खेलबाट टोलीको छविमा लागेको दागलाई मेटाउन पुनः अध्ययन गर्न निर्देशन पनि दिएको छ।

‘हामीलाई पाच्य व्यवहार कस्तो हुन्छ थाहा छ। तर प्रतिस्पर्धात्मक भावना र आक्रोसमा फरक छ। यस विषयमा हामी सजक हुन उत्तिकै जरुरी छ’ ल्यान्गरले थपे, ‘क्रिकेटरलाई हौसलाको आवश्यकता छ। त्यसैले अबको चार वर्षमा अस्ट्रेलियाली क्रिकेट पुरानै अवस्थामा फर्काउन धेरै मिहिनेत गर्नुपर्छ।’

नवनियुक्त प्रशिक्षक ल्याङगरले बल टेम्पिरिङ घटनापछि प्रतिबन्धमा परेका स्मिथ, वार्नर र क्यामरुन बेनक्रफ्टलाई फर्काउन अवसरको बाटो पनि खुला गरेका छन्।

‘स्मिथ, वार्नर र वेनक्रफ्टले बल टेम्परिङ घटनामा दोषी भएको स्वीकार गर्दै सिएले लगाएको प्रतिबन्ध समेत स्वीकारेका छन्’ उनले भने, ‘घटनाबाट पाठ सिक्ने हो। प्रतिबन्धपछि छनोट कर्तालाई प्रभावित पार्न सके उनीहरू पुन राष्ट्रिय टोलीमा फर्कन सक्नेछन्।

यस अघि पश्चिम अस्ट्रेलिया र पर्थ स्कचर्सलाई प्रशिक्षण दिइसकेका नवनियुक्त प्रशिक्षक ल्याङगरले राष्ट्रिय टोलीबाट १ सय ५ टेष्ट म्याच तथा ८ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। २० वर्षे क्रिकेट करियरमा बिताएका उनले टेष्टमा ७ हजार ५ सय पूरा गर्दा २३ सतकीय इनिङ खेलेका छन्।

यसअघि २००९ मा अस्ट्रेलियन क्रिकेट टिममा सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका ल्याङगरले श्रीलंकासँगको होम एन्ड अवे त्रिकोणात्मक शृंखलामा अन्तरिम मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: २१ वैशाख २०७५ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App