३ चैत्र २०८१ आइतबार
image/svg+xml ४:१७ पूर्वाह्न
खेल

आहा! रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा थ्रीस्टार र ब्लाक बुल्स भिड्दै

२४औं संस्करणको आहा! रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार ललितपुरको थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्लाक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।  

ब्लाक बुल्स अर्को विदेशी क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले र थ्रीस्टार मच्छिन्द्र क्लबलाई सडन डेथमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । थ्रीस्टारले ५ पटक आहा! रारा गोल्डकपको उपाधि उचालिसकेको छ ।

बिहीबारको विजेताले उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । ६ पटकको विजेता पुलिस चर्च ब्वाइज क्लबलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो । ११औं पटक प्रतियोगिताको फाइनलमा पुगेको पुलिस अर्को उपाधि उचाल्दै सर्वाधिक उपाधि जित्ने इतिहास बनाउने योजनामा हुनेछ ।

प्रकाशित: १ फाल्गुन २०८१ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App