१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

एलिट कप : आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा

‘जय ट्रफी पुरुष एलिट कप–२०८१’ का लागि नेपाल पुलिस क्लबको टोली घोषणा गरिएको छ।

नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शङ्कर राना, अविनाश कर्ण, रासिद खान, अर्जुन साउद र दीपक सेरेला रहेका छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामायही पुस २१ देखि आगामी माघ ३ गतेसम्म चल्ने जय ट्रफी एलिट कप मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुने छ।

प्रकाशित: १९ पुस २०८१ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App