१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो

मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा बङ्गलादेशले टस जितेर पहिला बलिङ राजेको छ। वर्षा बाधक भएपछि निर्धारित समयभन्दा केही ढिला टस भएको हो। नेपाल र बङ्गलादेशबीचको उक्त खेल ११ः४५ बजेदेखि हुने भनिएको थियो। यस खेलमा बङ्गलादेशलाई पाखा लगाउदै नेपालको फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ।  

नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन्। सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो। 

प्रकाशित: ५ पुस २०८१ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App