४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

दोस्रो इलाम गोल्डकप एनआरटीलाई

फाइनलको ट्रफी उचाल्दै विजयी एनआरटी। तस्बिर: नागरिक

इलामको ठूलो टुँडिखेलमा सञ्चालित दोस्रो संस्करणको इलाम गोल्डकप उपाधि न्युरोड टिम एनआरटीले जितेको छ।

आज (शनिबार) को फाइनलमा लिग विजेता चर्च ब्वाइजलाई ३–० गोलान्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एनआरटीले उपाधि दोहोर्‍याएको हो। एनआरटीको विजयमा विदेशी खेलाडी नेमारले १ र अञ्जन विष्टले २ गोल गरे।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा विजय सुनिश्चित गरेको हो। पहिलो हाफमा नेमारले बललाई जाली चुमाए। दोस्रो हाफमा अञ्जनले आकर्षक हेडिङबाट गोल गरे। उनैले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल पनि गरे।

उपाधि जितेसँगै एनआरटीले नगद १० लाख र उपविजेता चर्च ब्वाइजले ५ लाख पाएका छन्। दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र पाए।

मेन अफ् दि टुर्नामेन्ट अञ्जन विष्ट भए भने फाइनलको म्यान अफ दि म्याच एनआरटीकै शिशिर लेखी भए। रेड हर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा एनआरटी, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक सहभागी थिए।

प्रकाशित: २९ मंसिर २०८१ १९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App