३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

सद्भावलाई काठमाडौं ओपन उपाधि

डिफेन्डिङ च्याम्पियन नीरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्य शुक्रबार सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन्।

६ अन्डर ६२ को सानदार स्कोरमा एमेच्योर सद्भाव आचार्यले समग्रमा १५ अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए। उनले काठमाडौ ओपनमा भुवन नगरकोटीले बनाएको १४ अन्डर २५८ को रेकर्ड तोडेका हुन्।

उपाधि रक्षा गर्ने दाउमा रहेका नीरज तामाङले ३ अन्डर ६५ सहित समग्रमा १३ अन्डर २५९ को स्कोरमा दोस्रो भए। उनले प्रोफेसनतर्फ भने पहिलो स्थान प्राप्त गर्दा १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे। दिनेश प्रजापतिले अन्तिम दिन ३ अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८ अन्डर २६४ सहित तेस्रो भए। उनले ८५ हजार नगद हात पारे।

एमेच्योर राहुल विके समग्रमा ६ अन्डर २६६ सहित चौथो भए। उनले अन्तिम दिन ४ अन्डर ६४ स्कोर गरे। समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए। नेपाल नम्बर एक प्रोफेसनल भुवनले समग्रमा ४ अन्डर २६८ सहित पाँचाैं हुँदै नगद ६८ हजार जिते।

विष्णुप्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३ अन्डर २६९ को स्कोरमा संयुक्त रूपमा छौटौं स्थान बाँडे। विष्णुले ३ ओभर ७१ मा खेल सकाए। पहिलो दिनका लिडर जयरामले आज ६ अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३औं देखि १८औं होलसम्म लगातार ६ बर्डी प्रहार गरे। उनीहरू दुवैले ५१ हजार ५ सय प्राप्त गरे।

प्रतियोगिताको विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र पिजिए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

प्रकाशित: २९ मंसिर २०८१ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App