१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन हुने

काठमाडौं – ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले लाङटाङ अन्तर्राष्ट्रिय म्यराथुन आयोजना गर्ने भएको छ। अप्रिल २५ का दिन म्यराथुन गर्ने टानले जनाएको छ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले लाङटाङ क्षेत्रमा ठूलो क्षति पु¥याएर पर्यटनमा नकारात्मक असर गएको भन्दै टानले वर्षेनी म्याराथन गर्दै आएको छ। २०७३ सालबाट थालेको म्यराथानको यस वर्ष तेस्रो संस्करण हो।

लाङटाङको पदयात्रा पुनस्र्थापन गरी उक्त क्षेत्र सुरक्षित रहेको सन्देश दिन टानले म्याराथनको सुरुवात गरको थियो। पर्यटनको प्रर्वद्धनमा खेलकुदको महत्वपूर्ण भूमिका हुने भन्दै टानले वर्षेनी म्याराथुन गरिरहेको टानका महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिए।

लाङटाङ म्याराथान लाङटाङ राष्ट्रिय निकुञ्जअन्र्तगत पर्ने अन्तिम पर्यटकीय गन्तव्य ३ हजार ८ सय ७० मिटर उचाइमा केन्जिङ गोन्पाबाट सुरु भएर गोडातबेला, लामा होटेल, रिम्चे, शेर्पा गाउँ स्याफ्रुबेसी आएर टुंगिनेछ। ४२ किलोमिटर लामो म्याराथनको लागि अप्रिल २२ मा टोली स्याप्रुबेसी प्रस्थान गर्नेछ । म्याराथन अप्रिल २५ मा हुनेछ।

प्रकाशित: २९ चैत्र २०७४ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App