२६ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

कमिन्स आइपिएलबाट बाहिर

सिड्नी – ढाडको समस्यापछि इङ्ल्यान्डका तीव्र गतिका बलर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को टोलीमा नअटाउने भएका छन् । बाहिरिएसँगै उनको अस्ट्रेलिया भ्रमण पनि शंकामा परेको छ।

कमिन्स दक्षिण अफ्रिकाविरुद्धको फाइनल तथा चौथो टेस्टमा ढाडको समस्यामा परेका थिए । अस्ट्रेलियन टिमका फिजियोथेरापिस्ट डेभिड बिक्लेसँगको निरन्तर चेक–अपपछि कमिन्समा ढाडको समस्या देखिएको थियो।

‘अब पाट कमिन्सले बलिङबाट केही समय आराम लिनुपर्छ, घाइते पाटको ढाडको समस्या अझ डरलाग्दो बनाउनुभन्दा आइपिएलबाट बिदा दिनु राम्रो ठान्दै हटाएका हौं’, डेभिड बिक्लेले भने।

कमिन्सलाई मुम्बई इन्डियन्सले जारी सिजनको आइपिएलका लागि अनुबन्धित गरेको थियो।

यस्तै, ढाडको समस्याका कारण उनी अस्ट्रेलियासँग जुन महिनामा हुने पाँच एकदिवसीय र एउटा ट्वान्टी–२० खेलमा पर्ने वा नपर्ने दुबिधा भएको छ।

‘प्याट अहिले स्वास्थ्यलाभ लिइरहेका छन्, अर्को साता फेरि उनको ढाडको समस्या परीक्षण गर्नेछौं’ थेरापिस्ट बिक्ले भने, ‘अर्को साता रिपोर्टमा सुधार देखिएको खण्डमा उनी कहिले खेलमा फर्किने कुरा र इङ्ल्यान्ड भ्रमण पनि रिपोर्टपछि नै निक्र्योल हुनेछ।’

कमिन्सले तनावपूर्ण दक्षिण अफ्रिकाविरुद्धको टेस्ट खेलमा ३–१ ले पराजित भए पनि उत्कृष्ट प्रदर्शन गर्दै २२ विकेट लिएका थिए।

उक्त खेलपछि पाट क्षमतावान् खेलाडीको रूपमा सर्वत्र चर्चा भएको थियो । बल–टेम्पिरिङपछि उनले दक्षिण अफ्रिकाविरुद्धको अन्तिम तथा फाइनल टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

सोही प्रतियोगिताको तेस्रो दिनको खेलमा कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर बल टेम्परिङ घटनामा मुछिएसँगै क्रिकेट अस्ट्रेलिया (सिए) ले एक वर्षका लागि क्रिकेट गतिविधिबाट निलम्बनमा गरेको थियो।

प्रकाशित: २८ चैत्र २०७४ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App