२१ पुस २०८१ आइतबार
image/svg+xml
खेल

यू-१९ महिला विश्वकप छनोट: युएईसँग नेपाल १३ रनले पराजित

आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाललाई १३ रनले पराजित गरेको छ।

शनिबार भएको खेलमा पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा युएईले ७ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। जितका लागि १२३ रन पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर मात्र १०९ बनाउन सक्यो र खेल १३ रनबाट हार्न पुग्यो।

खेलमा नेपालको यो पहिलो हार हो। यस अघि नेपालले कुवेत र थाइल्यान्डलाई हराएको थियो।  युएईका लागि रनिथा रजिथाले सबै भन्दा वढि ४८ रन बनाइन । त्यसैगरीइदुजा नन्दकुमारीले १२ रन जोडिन भने अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि रिया शर्माले ३ तथा सिमाना केसी, कप्तान पुजा महतो र कृष्मा गुरुङले एक एक  विकेट लिए।

नेपालका लागि कप्तान पुजा महतोले ४३ बलमा ५ चौकासंगै सबै भन्दा बढि ४८ रन बनाइन।

त्यसैगरी साना प्रविन र सोनी पाख्रिनले समान १९ तथा ज्योत्सिका मरासिनीले नटआउट ११ रन जोडिन्। युएईका लागि मेहक ठाकुर, लाभन्या केन्य र इदुजा नन्दकुमारीले समान १ विकेट लिए।

३ खेलमा अपराजित युएई ६अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपाल ४ अंकका साथ दोस्रो स्थानमा छ।

नेपालले चौथो खेलमा आइतवार थाइल्यान्डसँग खेल्नेछ।पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ। छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ। विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।

प्रकाशित: २४ कार्तिक २०८१ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App