३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

आईसीसी विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै

 आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत  स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले टस हारेको छ।

अमेरिकाको डालसमा रहेको ग्राण्ड प्रेरीमा मैदानमा राती १० :१५ बजे देखि हुने खेलमा स्कटल्याण्डका कप्तान रिची बेरिंग्टनले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएका हुन्।

लिग २ अन्तर्गत तेस्रो शृंखलाको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  

अन्तिम खेलमा जित निकाल्दै नेपाल अमेरिका भ्रमणको सुखद् अन्त्य गर्ने योजनामा रहेको छ । शृंखलाअन्तर्गतका बाँकी तीन खेलमा नेपालले एकमा जित र दुईमा हार बेहोरेको छ।अमेरिकासँगको दुवै खेल हारेको नेपालले स्कटल्यान्डलाई भने हराएको थियो।

११ खेलको समाप्तिमा नेपाल ५ अंकमा सातौं स्थानमा छ। नेपालभन्दा तल पुछारमा ४ अंकमा यूएई छ। समान १६ अंक भएको अमेरिका शीर्ष र रनरेटका आधारका क्यानाडा दोस्रो स्थानमा छन् । उनीहरुले समान १२ खेल खेलेका छन्। स्कटल्यान्ड १३ अंकमा तेस्रो स्थानमा छ।

प्रकाशित: १९ कार्तिक २०८१ २२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App