१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

इंग्लिस क्रिकेटर सेफ सुदूरपश्चिम रोयल्समा अनुबन्ध

सुदूरपश्चिम रोयल्सले इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरेको छ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करणका लागि सुदूरपश्चिमले २६ वर्षीय बायाँ हाते अलराउन्डर जेबलाई अनुबन्ध गरेको हो। उनी सुदूरपश्चिमका लागि दोस्रो विदेशी खेलाडी हुन्।

सुदूरपश्चिमले यसअघि विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरिसकेको छ।

टि–२० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोडेका जेबले पार्ट टाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिएका छन्।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन्।

प्रकाशित: ८ कार्तिक २०८१ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App