५ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

अमेरिकालाई सुपरओभरमा हराउँदै एक खेलअगावै नेपाल जित्यो टी–२० सिरिजको उपाधि

नेपालले सुपर ओभरमा अमेरिकालाई पराजित गरेको छ।अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा दुवै टोली बराबरीमा रोकिएपछि खेल सुपर ओभरमा गएको हो। 

सुपरओभरमा नेपालले ३ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य नेपालले चार बलमा बिना क्षति पूरा गर्‍यो। यो जितसँगै नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ। 

यसअघि सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिएपछि अमेरिका २ रनमै रोकियो।

सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिए। 

यसअघि नेपालले टस जितेर व्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै नटआउट ९२ रन बनाए । मात्र ५४ बलकाे सामना गरेका उनले ६ छक्का र ७ चाैका प्रहार गरे । 

१७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो। अमेरिकाका लागि एन्ड्रिय गोउसले ६२ रन जोडे । 

नेपालका लागि करण केसीले ३ र सोमपाल कामीले २ विकेट लिए । सागर ढकाल र दीपेन्द्र सिंह ऐरीको नाममा १-१ विकेट रह्यो ।

तेस्रो तथा अन्तिम टी-२० सोमबार बिहान हुनेछ । 

नेपालले अमेरिकामै स्कटल्यान्डसमेत सहभागी लिग-२ सिरिज खेल्नेछ । पहिलो खेलमा नेपालले आगामी आइतबार अमेरिकासँग खेल्नेछ । 

प्रकाशित: ४ कार्तिक २०८१ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App