१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

दशानायके जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक नियुक्त

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टीम जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन्।

जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ।

क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन्।

आगामी मङ्सिर १५ देखि सुरु हुने एनपीएलमा अब पुबुदुले जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै टीमलाई उपाधि जितका लागि तयार पार्नेछन्।

प्रकाशित: २९ आश्विन २०८१ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App