२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रोहितको सानदार प्रदर्शनमा ओमानमाथि नेपालको जित

क्यानडामा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले जित हात पारेको छ।  सम्पन्न खेलमा नेपालले ओमानलाई ५६ रनले हराउँदै जित हात पारेको हो।

१ सय ५८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको ओमान १७ दशमलव ५ ओभरमा १ सय १ रन बनाएर अल आउट भयो। किङ्स सिटीमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो।

नेपालको जितमा कप्तान रोहित पौडेलले नट आउट रहँदै सर्वाधिक ५६ रन बनाए। अन्य कुनैपनि खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपाल पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित हुँदा दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो। तेस्रो खेलमा क्यानडासँग ४ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा ओमानलाई हराएको हो।

नेपाल ४ खेलमा २ मा जित र १ मा हारसहित ४ अङ्कका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ। क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अङ्कका साथ दोस्रो स्थानमा भने ओमान १ मा जित र २ मा हारसहित २ अङ्कका साथ पुछारमा छ।

सिरिज अन्तर्गत आज ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ।  

प्रकाशित: १७ आश्विन २०८१ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App