साफ महिला च्याम्पिनयसिपका लागि बन्द प्रशिक्षणको पहिलो चरणमा ४० खेलाडीलाई बोलाइएको छ।
नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पिनयसिपका लागि मंगलबार ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका हुन्।
बन्द प्रशिक्षणमा एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गिता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिराकुमारी भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेतलाई बोलाइएको छ।
त्यस्तै अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यसोदा शाही, अञ्जली मचामसी, सुस्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लम्जेल, लिला जोशी, शुशिला चौधरी, कुस्मा राई र सुनिता भोलनलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ।
साफ महिला च्याम्पियनसिप अक्टोबर १७(३० सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ।
प्रकाशित: ८ आश्विन २०८१ १७:०७ मंगलबार