४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा महिला लिग : संकटा र कोसीले बराबरी खेले

संकटा फुटबल क्लब र कोसी प्रदेशले एन्फा महिला फुटबल लिगमा शनिवार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यससँगै शनिवारका दुवै खेलमा बराबरीकै नतिजा निक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिवार भएको पहिलो खेलमा पनि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरीको नतिजा सामना गरेका थिए। 

कोसीले शनिवार संकटासँग अंक बाँडेसँगै लिगको अङ्कतालिकामा दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । दुवै तर्पmबाट राम्रा अवसर सिर्जना भए पनि गोल भने हुन सकेन । संकटा र कोबीले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा अंक बाँड्नु परेको हो । यो खेलमा सङ्कटाकी मनीषा थापामगर प्लेयर अफ दी म्याच घोषित भइन् । 

पाँच खेलबाट संकटा १० अंकसहित तेस्रो स्थानमा यथावत् छ । एक खेल कम खेलेको एपिएफको समान १० अंक नै भए पनि दोस्रो स्थानमा छ । संकटाविरुद्धको जितले कोसीले वरीयतामा सुधार गर्ने थियो । तर कोसीले सफलता पाउन सकेन । यता संकटा समान खेलबाट पाँच अंकसहित सातौँ स्थानमा यथावत् छ ।

शनिबार नै सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी नतिजा सामना ग¥यो । पुलिसकी अमृता जैसी र आर्मीकी अमिशा कार्कीले गोल गरे । दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले अग्रता जोगाउन नसक्दा अंक बाँड्नुपरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । तर, दोस्रो हाफको सुरुवातमै पुलिसले अग्रता लियो । ४८ औँ मिनेटमा अमृताको फ्रिकिक गोलबाट पुलिसले अग्रता लिएको थियो । आर्मीकी दीपा राईले अनुष्का शेर्पालाई लडाएपछि पुलिसले फ्रिकिक अवसर पायो । करिब २३ यार्डबाट पुलिसकी कप्तान अमृताले गरेको टप कर्नर प्रहार आर्मीकी गोलकिपर अन्जना राना मगरले समाए पनि फुत्काइन् । तर आर्मी काउन्टर अट्याकबाट खेलमा फर्कियो ।

पुलिसले गरेको कर्नर प्रहारमा हेडर क्लियर गर्दै आर्मीले काउन्टर मुभ बनाउँदै सफलता पनि पायो । दीपा शाहीले बनाएको काउन्टर प्रयासमा यो गोल भएको हो ।

दीपाले दिएको उत्कृष्ट पास नियन्त्रणमा लिँदै अमिशाले ६३ औँ मिनेटमा २० यार्ड टाढाबाट लोभलाग्दो गोल गरेकी हुन् । पुलिसकी गोलकिपर उषा नाथअगाडि बढेको अवस्थामा अमिशाले बक्स बाहिरबाटै चिप गर्दै बललाई जाली चुमाएकी हुन् । 

यससँगै पुलिसकी उषाले यस लिगमा पहिलो गोल पनि सामना गरिन् । यसपछिको बाँकी समयमा दुवै तर्पmबाट गोल हुन सकेन र खेल बराबरीमै सकियो । यो नतिजासँगै पाँच खेलबाट ११ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ । समान खेलबाट आर्मी १० अंकका साथ दोस्रो स्थानमा उक्लियो ।

प्रकाशित: २९ भाद्र २०८१ १९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App