२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

डिएभीलाई स्कुल क्रिकेट उपाधि

ललितपुरको डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ टोलीले प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तरस्कुल सुपर सिक्स क्रिक्सल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। 

भिएस निकेतन स्कुलद्वारा आयोजित प्रतियोगितामा बुधबार फाइनलमा डिएभी ‘ए’ ले आफ्नै अर्को टोलीलाई ६ विकेटले पराजित गदै उपाधि जितेको हो। 

ललितपुरको हात्तीवनस्थित जिएचसिए क्रिक्सलमा भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको डिएभी ‘बी’ ले २५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।

उक्त लक्ष्य डिएभी ‘ए’ ले मात्र चार ओभरमा पूरा गर्‍यो। निर्धारित ६ ओभरको खेलमा डिएभी ‘बी’ ले पाँच ओभरमा सबै विकेट गुमाउन पुगेको थियो। 

प्लेयर अफ द फाइनल घोषित डिएभी ‘ए’ का बलर केशव अग्रवालले घातक बलिङ गर्दै मात्र ६ रन खर्चेर तीन विकेट लिए। यस्तै, ब्याटिङगतर्फ सुब्रत मल्लिकले अविजित सर्वाधिक १४ रन बनाए।

यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा डिएभी ‘ए’ ले एलआरआई स्कुललाई २२ रनले तथा डिएभी ‘बी’ ले अपि स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी र ब्याटर डिएभी ‘ए ’का प्रसिद्ध जैसी घोषित भए। उत्कृस्ट बलर मनकामना स्कुलका विकल न्यौपाने घोषित भए । भदौ २४ गतेदेखि तीन दिन चलेको प्रतियोगितामा उपत्यकाका २६ वटा स्कुलका टोली सहभागी थिए। 

प्रकाशित: २७ भाद्र २०८१ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App