४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा महिला लिग : टुंगियो कोशीको अपराजित यात्रा, पुलिस शीर्ष स्थानमा

एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । 

बुधबार नेपाल पुलिस क्लबसँग पराजित भएसँगै कोशीको तीन खेल लामो अपराजित यात्रामा पूर्णबिराम लागेको हो । कोशीलाई हराउँदै पुलिस भने तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट पुलिस दोस्रो स्थानमा छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले कोशीलाई ४-० गोलले पराजित गर्यो । चार खेलमा पुलिसको यो तेस्रो जित हो ।  

पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, अनुष्का शेर्पा, सम्झना लावती र अमृता जैसीले समान एक-एक गोल गरे ।

अनुष्काले २४औं, निर्मलाले ४६औं, सम्झनाले ७९औं र अमृताले ८८औं मिनेटमा गोल गर्दै पुलिसलाई अंक तालिकाको शीर्ष स्थानमा पुर्याएका हुन् ।  

जितपछि ४ खेलमा १० अंकका साथ पुलिस शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट कोशी ९ अंकसहित दोश्रो स्थानमा छ ।

प्रकाशित: २६ भाद्र २०८१ १७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App