२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

दक्षिण कोरियाली खेलाडीसँग सेल्फी लिएपछि उत्तर कोरियाली खेलाडी कारबाहीमा

उत्तर कोरियाले आफ्ना रजत पदक विजेता खेलाडीलाई कारबाही गरेको छ।

बीबीसीका अनुसार केही समय अघि मात्रै फ्रान्सको पेरिसमा सम्पन्न ओलम्पिक खेलको क्रममा दक्षिण कोरियाका टेबल टेनिस खिलाडीसँग सेल्फी लिएको विषयमा उत्तर कोरियाले आफ्ना दुईजना खेलाडीलाई कारबाही गरेको हो।

टेबल टेनिसको डबल्समा रजत पदक जितेका उत्तर कोरियाली खेलाडी रि जोङ्ग–सिक र किम कुम–योङ्गले पदक समारोह पछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी लिएका थिए।

उत्तर कोरियाले आफ्ना खेलाडीलाई खेलको क्रममा छिमेकी मुलुक दक्षिण कोरियाका खेलाडीसँग कुराकानी नगर्न निर्देशनसहित पेरिस पठाएको थियो।

प्रकाशित: ९ भाद्र २०८१ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App