१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सिवाइसी अत्तरियाद्वारा रुपन्देही च्यालेन्जर्स ९ विकेटले पराजित,कमलले लिए ४ विकेट

कैलाली – धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) को आइतबार आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य अत्तरियाले ७.३ ओभरमा १ विकेट गुमाउदै पूरा गर्यो। सिवाइसी अत्तरियाका लागि सुवास खकुलेले १९ रनमा आउट भएपनि गौरब चित्करा र प्रेम तामाङले  नटआउट पारी खेलेपछि सामान्य लक्ष्य सहजै हासिल गर्यो। चित्कराले नटआउट ३० र तामाङले १४ रनको योगदान दिए। रुपन्देहीका लागि जितेन्द्र मुखियाले १ विकेट लिए।

यसअघि धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५ ओभरमा अलआउट हुँदै ६१ रनको सामान्य योगफल बनाएको थियो। रुपन्देहीका लागि सुफियान मेहमुदले २० रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अत्तरियाका लागि कमल सिंह ऐरीले ४, शुभाङ्कर उराउले ३ तथा कृष्ण कार्की, भिपीन चन्द्र र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए। खेलमा १५ रन दिएर महत्वपूर्ण ४ विकेट लिएका अत्तरियाका लागि कमल सिंह ऐरी म्यान अफ दि म्याच भए।

प्रतियोगिताको दोस्रो खेलमा आजै विराटनगर किङ्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन्।

प्रकाशित: १८ चैत्र २०७४ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App