भुटानको राजधानी थिम्पुस्थित सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष राष्ट्रिय टोली दोस्रो हुन सफल भएको छ ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा शनिबार भएको फाइनलमा नेपालका मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी माल्दिभ्सको ए टिमसँग २–० को सोझो सेटमा पराजित हुँदै उपाधि चुम्नबाट वञ्चित हुँदै उपबिजेतामा सीमित हुन पुगेको छ ।
यस अघि शनिबार बिहान भएको खेलमा नेपालले माल्दिभ्सको बी टिमलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रकाशित: १९ श्रावण २०८१ १७:०८ शनिबार