२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

साइनिङ स्टारलाई दुई उपाधि

एकेडेमिक एन्ड लर्निङ एचिभमेन्ट थ्रो रियल म्यानेजमेन्ट (अलार्म) नेपालको आयोजनामा शुक्रबार सम्पन्न विद्यालयस्तरीय र्‍यापिड बुद्धिचालमा साइनिङ स्टार सेकेन्डरी बोर्डिङले दुई उपाधि प्राप्त गरेको छ।

ललितपुरको एकान्तकुनामा भएको एकदिने प्रतियोगितामा साइनिङ स्टारले खुला र महिला दुवै विधामा उपाधि प्राप्त गरेको हो। साइनिङले दुवै विधामा समान २२ अंक जोड्यो। किडल्यान्ड बोर्डिङ स्कुल १६.५ अंकसहित दोस्रो भयो।

नाजारथ बोर्डिङ स्कुलले तेस्रो स्थान प्राप्त गर्‍यो। नाजारथले १५.५ अंक जोडेको थियो। खुलातर्फ साइनिङ स्कुलका यमन खड्का सात चरणको खेलमा अपराजित रहे। यमनले सात अंक जोडेर शतप्रतिशत नतिजासहित पहिलो स्थान प्राप्त गरेका हुन्। मेघा बोर्डिङ स्कुलका एन्जल अधिकारी ६ अंकसहित दोस्रो भए।

किडल्यान्ड बोर्डिङ स्कुलका सिमोन पौडेल तेस्रो भए। उनले ५.५ अंक जोडे। साइनिङ स्टार्सकै प्रवज्योति कोर अरोरा महिलातर्फ च्याम्पियन भइन्। प्रतिस्पर्धात्मक खेलमा उनले ५.५ अंक जोडिन्। नाजारथ बोर्डिङकी अनुष्का श्रेष्ठले पनि ५.५ अंक जोडे पनि दोस्रो स्थानमा खुम्चिइन्।

किडल्यान्डकी शलिना राई पाँच अंकसहित तेस्रो स्थानमा रहिन्। खुलातर्फ अमरकान्ति स्कुलका जेबिल डंगोल चौथो, मेघा स्कुलका गौरव हुमागाई पाँचाैं, यशस्वी गुरुकुलका डेभिड कुशु कटुवाल छैटौं, साइनिङका रियाज तण्डुकार सातौं र पिस गार्डेनका बिएस माझी आठौं स्थानमा रहे।

महिलामा प्याराडाइज स्कुलका सोफिया खत्री चौथो, पिस गार्डेनका श्रीजला महर्जन पाँचौं, साइनिङका युनिका श्रेष्ठ छैटौं, नवपर्वत सेकेन्डरी स्कुलका सुजाता थापामगर सातौं, अमरकान्तिका अंकिता तामाङ आठौं, एकता एकेडेमीका सुविज्ञा श्रेष्ठ नवौं र माउन्ट हार्मोनका युनिका श्रेष्ठ दशौं स्थान रहे।

प्याब्सन नेपालका केन्द्रीय सचिव रविनसन शर्माले विजेतालाई ट्रफी प्रदान गरे। कुल २० विद्यालयका ५८ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। प्याब्सनअन्तर्गत ललितपुरका २५ वटा निजी विद्यालय मिलेर रचनात्मक अभियान सञ्चालन गरिरहेको अलार्म नेपालले पहिलोपटक बुद्धिचाल प्रतियोगिता सञ्चालन गरेको छ।

प्रकाशित: १९ श्रावण २०८१ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App