२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

श्रीलङ्काविरुद्धको दोस्रो टी–२० खेलमा भारत ७ विकेटले विजयी

भारतले श्रीलङ्काविरुद्धको ५ खेलको टी–२० सिरिज अन्तर्गतको दोस्रो खेलमा पनि जित हात पारेको छ।

आइतवार भएको खेलमा घरेलु टोली श्रीलङ्कालाई ७ विकेटले हराउँदै सानदार जित हात पारेको हो।

पल्लेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको श्रीलङ्कन टीमले ९ विकेटको क्षतिमा १६१ रन बनायो। १६२ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीमले ३ विकेटको क्षतिमा जित हासिल गर्यो। वर्षाका कारण प्रभावित बनेको खेलमा डिएलएस मेथोडद्वारा भारतलाई ८ ओभरमा ८१ रन बनाउनु पर्ने थियो। जुन भारतीय टीमले ९ बल र ७ विकेट बाँकी छँदै पूरा गर्यो।

भारतको जितका लागि ओपनर ब्याट्सम्यान यशस्वी जयशवालले ३० र कप्तान सूर्य कुमार यादवले २६ रनको पारी खेले भने हार्दिक पाण्ड्याले २२ रनको योगदान गरे।

जितसँगै भारत ५ खेलको सिरिजमा २–५ ले अघि छ।  

भारत र श्रीलङ्का बीचको तेस्रो टी–२० भोलि हुनेछ।

प्रकाशित: १४ श्रावण २०८१ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App