५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

जुनियर बक्सिङमा सायरा च्याम्पियन

भक्तपुरकी सायरा गोसाईले शनिबार राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरीय छात्र/छात्रा बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी छन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न प्रतियोगितामा गल्र्स ४९ केजी तौलसमूहमा भक्तपुरकी सायराले स्वर्ण जितेकी हुन्। उनले फाइनलमा झापाकी रिना राईलाई ४–१ को अन्तरले हराइन्। सिजिजीका सेलेस्टी बम्जन तेस्रो भइन्। प्रतियोगिता नेपाल बक्सिङ महासंघको आयोजनामा भएको हो। प्रतियोगितामा छात्रातर्फ १३ देखि १४ वर्ष उमेर समूहअन्तर्गत ४० केजी तौलसमूहमा भाइबका हृदयी मानन्धरले स्वर्ण जितिन्।

उनले फाइनलमा अल्फाका झरना थापालाई हराइन्। उक्त उमेरसमूहमा छात्रातर्फ ४३ केजी तौलसमूहमा एबिसीका अनुस राईले स्वर्ण पदक जितिन्। उनले फाइनलमा सिजिजीका पासाङ शेर्पालाई ४–१ को स्प्लिट डिसिजनको आधारमा हराइन्। छात्रामा ५५ केजी तौलसमूहमा आरडिएसका सुदेस्ना राजवंशीले स्वर्ण पदक जितेकी छन्। उनले फाइनलमा बक्समाण्डुकी आस्था शेरचनलाई युनानिमस डिसिजन ५–० को आधारमा पराजित गरिन्।

जुनियर ५२ केजी तौलसमूहमा भूमीका सरोज तामाङले स्वर्ण पदक जिते। उनले फाइनलमा जेनेक्सका आयोग घिसिङलाई ३–१ को स्प्लिट डिसिजनको आधारमा पराजित गरे। त्यस्तै ५७ केजी तौलसमूहमा अछामका विनोद नागार्जेले सफलता पाए। विनोदले फाइनलमा सिजिजीका हिमाल गुरुङलाई तेस्रो राउन्डमा आरएससीको आधारमा पराजित गरे। छात्रतर्फ ६६ केजी तौलसमूह उदयपुरका रोजन मगरले स्वर्ण पदक जिते। उनले फाइनलमा ललितपुरका शब्द महर्जनलाई पहिलो राउन्डमै आरएससीको आधारमा हराए।

यो प्रतियोगिता एसियन जुनियर तथा स्कुल ब्वाइज र गल्र्स बक्सिङ च्याम्पियनसिपको आधार पनि हो। प्रतियोगिताका विजेतामध्ये उत्कृष्टले युनाइटेड अरब इमिरेट्स (दुबई) मा आगामी अगस्ट २७ देखि सेप्टेम्बर १० सम्म च्याम्पियनसिपमा खेल्ने अवसर पाउनेछन्। उक्त प्रतियोगिता जुनियरतर्फ आठ महिला र पुरुषमा ८२ जनाले प्रतिस्पर्धा गर्नेछन्। विद्यालयतर्फ ४४ छात्र र १४ छात्रा गरी कुल एक सय ४८ बक्सरले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रकाशित: १३ श्रावण २०८१ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App