२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

काठमाडौं मोडल स्कुल पहिलो

काठमाडौं मोडल स्कुल क्यब फुटसल प्रतियोगितामा पहिलो भएको छ। विद्यालयहरूको साझा संस्था क्यब दी गार्डेन फर लनर्सको आयोजना शुक्रबार सम्पन्न फुटसल प्रतियोगितामा काठमाडौं मोडल च्याम्पियन भएको हो। रिभरफिल्ड फुटसलमा भएको प्रतियोगितामा फ्युचर स्टार इङ्लिस स्कुल दोस्रो भयो।

प्रतियोगितमा कक्षा पाँचदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई सिनियर, जुनियर र छात्रा टिम गरी तीन समूहमा खेलाइएको थियो। प्रतियोगिताको उद्घाटन क्यबका संस्थापक संयोजक मनोकुमार श्रेष्ठ र कार्यक्रम संयोजक विनोद श्रेष्ठले संयुक्त रूपमा गरेका थिए । स्वयम्भू इङ्लिस स्कुल तेस्रो र टाइम्स इन्टरनेसनल स्कुल चौथो भए। छात्र जुनियरतर्फ स्वयम्भू इङ्लिस स्कुलले सफलता पायो।

काठमाडौं मोडेल स्कुल दोस्रो र टाइम्स इन्टरनेसनल स्कुल तेस्रो भए। फ्युचर स्टार इङ्लिस स्कुल चौथो स्थानमा रह्यो। क्यबले प्रथम पटक छात्राको टिमलाई पनि प्रतियोगितामा सहभागी गराएको थियो।

छात्रामा काठमाडौं मोडेल स्कुल प्रथम, टाइम्स इन्टरनेसनल स्कुल दोस्रो, स्वयम्भू इङ्लिस बोर्डिङ स्कुल तेस्रो र फ्युचर स्टार इङ्लिस स्कुल चौथो भए। पहिलो पटक सञ्चालन भएको क्यब छात्रा फुटसल निकै प्रतिस्पर्धात्मक रह्यो। छात्रालाई पनि विद्यालयस्तरीय खेलकुदमा समान अवसर दिन क्यबले यस शैक्षिक सत्रदेखि छात्राहरूको टिमलाई समावेश गरेको जनाएको छ।

काठमाडौ महानगरपालिका वडा–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले खेलाडीलाई पुरस्कृत गरे। सो अवसरमा डंगोलले विद्यार्थीको शारीरिक विकासका लागि खेलकुद अपरिहार्य रहेको धारणा राखे।

प्रकाशित: ५ श्रावण २०८१ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App